हैजा महामारीको कारण यमनमा संकटकाल घोषणा



साना,(एजेन्सी)
यमनको राजधानी सानामा मंगलवार हैजाको महामारीको कारण थुप्रै व्यक्तिको ज्यान गएको कारण सरकारले संकटकाल घोषणा गरेको छ । सिया विद«ोही हुथीहरुको नियन्त्रणमा रहेको यस शहरका अस्पतालहरु हैजाका बिरामीले भरिएका छन् । रेडक्रसले हैजाको प्रकोपमा पर्नेको संख्यामा एक साताभित्र तेब्बर वृद्धि भएर आठ हजार पाँच सय नाघेको जनाएको छ ।

भोकमरी र गृहयुद्धको चपेटामा परेको सिरयामा हैजा अर्को एक भयावह समस्याको रुपमा देखापरेको छ । संयुक्त राष्ट्र संघका अनुसार सिरियाको कूल जनसंख्याको दुई तिहाई जनताको स्वच्छ खानेपानीको पहुँच नभएको जनाएको छ । आइतवार राजधानी सानामा आयोजित पत्रकार सम्मेलनमा रेडत्रक्रसको अन्तर्राष्ट्रिय समितीको अपरेसन डाइरेक्टर डोमिनिक स्टिल्लहार्टले २७ अप्रिल देखि १३ मे सम्ममा हैजाको कारण १ सय १५ जनाको मृत्यु भइसकेको र अहिले स्थिती निकै चुनौतिपुर्ण रहेको बताएका छन् ।

विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) ले नजिकैको अमानत अल सिमाह प्रान्तपछि साना हैजाबाट सबैभन्दा प्रभावित रहेको जनाएको छ । हैजा दुषित पानी सेवनको कारण लाग्ने गर्दछ । यो पानी र खाद्यान्नको माध्यमबाट सर्ने गर्दछ । हैजाका रोगीमा लगातार पखाला र वान्ता लगायतका लक्षण देखिन्छ । समयमै उपचार नभएको खण्डमा हैजाका बिरामीको केहि घन्टा भित्रै मृत्यु हुन सक्छ । यो वर्ष मात्र यमन या दोश्रोपटक हैजा फैलिएको हो ।

गत साता डब्ल्युएचओले यमनमा ४५ प्रतिशत भन्दा कमै मात्र स्वास्थ सुविधा उपलब्ध रहेको जनाएको थियो । साउदीको नेतृत्वमा बहुराष्ट्रिय गठबन्धन फौज तथा यमनका राष्ट्रपति अब्दा«ब्बुह मन्सुर हादी समर्थित फौजसंगको हौथाी विद«ोहीहरुको युद्धको कारण झण्डै ३ सय वटा अस्पताल र क्लिनिक क्षतिग्रस्त वा नष्ट भइसकेका छन् ।
सन् २०१५ को मार्च महिनामा यमनमा गृहयुद्ध शुरु भएयता ८ हजार १० जना भन्दा बढि व्यक्तिको ज्यान जानुका साथै करिव ४४ हजार ५ सय जना घाइते भएको संयुक्त राष्ट्र संघको तथ्यांकमा उल्लेख गरिएको छ । मारिनेहरु मध्ये अधिकांश सर्वसाधारण जनता रहेका छन् ।

यसैबिच गृहयुद्ध प्रभावित करिव ८८ लाख व्यक्तिलाई मानविय राहत सहयोगको जरुरत रहेको पनि संयुक्त राष्ट्र संघले जनाएको छ । ट्युनिसियामा एकजना फुटपाथे व्यपारीले अति गरिबीको कारण आक्रोसित भएर आत्मदाय गरी ज्यान दिएपछि शुरु भएको वसन्त क्रान्ति लिविया , इजिप्ट, सिरिया र यमनसम्म फैलिएको थियो । फलस्वरुप इजिप्टको लामो समय देखि सत्तामा रहँदै आएका होस्नि मुवारक र लिवियाका कर्णे गद्धाफी अपदस्थ हुन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्