एमालेले काभ्रेमा तेमालबाट खाता खोल्यो



नेपाल समाचारपत्र, काभ्रे । बैशाख ३१ गते सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा काभ्रे पलाञ्चोक जिल्लाका ११ वटा स्थानीय तहमा केहि वडाहरुको मतपरिणाम घोषणा भएको छ । राति ८ बजे भएको घोषणामा तेमालको वडा नम्वर १ मा नेकपा एमालेका अध्यक्ष सहितको प्यानल विजयी भएको छ ।
एमालेका वडाअध्यक्ष मानबहादुर श्रेष्ठ, सदस्यहरुमा धनबहादुर राना मगर, मानध्वज तामाङ, सरस्वती थपलिया र कमला विक निर्वाचित भएका छन् । तेमालमा एमालेले प्रदिप लामालाई अध्यक्षमा प्रतिस्पर्धा गराएको छ भने नेकपा माओवादीले जिल्ला नेता गंगाबहादुर दोङ्गलाई प्रतिस्पर्धा गराएको छ । नेपाली कांग्रेसले सलामसिं लामालाई प्रतिस्प्र्धा गराएको छ । माओवादीले तेमाललाई आफ्नो किल्लाका रुपमा लिदै आएको थियो ।

एमालेले तेमालबाट पहिलो खाता खोलेको छ । १३५ वडा मध्ये यो पहिलो वडामा एमाले विजयी भएको हो । यस अघि चार जना दलित महिला सदस्यमा एमालेले निर्विरोध बनाएको थियो । माओवादी केन्द्र खानीखोला र रोशीमा विजयी भएको छ भने नेपाली कांग्रेसले पनि रोशीबाट खाता खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्