२४३ तहमा मतगणना जारी



काठमाडौँ, १ जेठ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत कुल २८१ तहमा भएको निर्वाचनमध्ये २४३ तहमा मतगणना भइरहेको जनाएको छ । दुई स्थानीय तहमा भने निर्विरोध निर्वाचित भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश नं. ३ का ११०, प्रदेश नं. ४ का ७९ र प्रदेश नं. ६ का ५४ तहमा मतगणना भइरहेको छ । बाँकी ३८ तहमा मतगणना कार्य सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

त्यस्तै मौसमको प्रतिकूलता र भौगालिक जटिलताका कारण हुम्लाका छ तह र रुकुमको १ तहमा भने अझै पनि मतपेटिका सङ्कलन गर्न सकिएको छैन् । आइतबार प्रदेश नं. ३ का ११९, प्रदेश नं. ४ का ८४ र प्रदेश नं. ६ का ८८ तहमा पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो ।

थोरै मतदाता भएका स्थानीय तहमा भने निर्वाचन परिणामसमेत आउन सुरु भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्