सिन्धुपाल्चोकमा मतगणना सुरु



चौतारा, १ जेठ । सिन्धुपाल्चोकका तीन नगरपालिका र नौ गाउँपालिकामध्ये मेलम्ची नगरपालिका र भोटेकोसी गाउँपालिकाको मतगणना सुरु भएको छ ।

मेलम्चीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार आइतराम तामाङले ९७, उपप्रमुखकी सविता गुरुङले ९९, नेकपा (एमाले)का प्रमुख उम्मेदवार डम्बर अर्यालले दुई सय ६९ र उपप्रमुख उम्मेदवार भगवती नेपालले दुई सय ७७, नेकपा (माओवादी केन्द्र)का प्रमुख उम्मेदवार श्याम खड्काले एक सय ८९ उपप्रमुख उम्मेदवार मुना ढकालले एक सय ४४ तथा राप्रपाका प्रमुख उम्मेदवार फणीन्द्रले एक सय १३ र उपप्रमुख उम्मेदवार कुमारी तामाङले एक सय २७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी भोटेकोसी गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका साङ्बु शेर्पाले दुई सय ९८ र उपप्रमुख उम्मेदवार गेलुम लामाले दुई सय ७, एमालेका प्रमुख उम्मेदवार छिरिङ शेर्पाले एक सय नौ र उपप्रमुख उम्मेदवार सुन्तली तामाङले दुई सय २०, माओवादी केन्द्रका प्रमुख उम्मेदवार राजकुमार पौडेलले एक सय २८ र उपप्रमुख उम्मेदवार दाबुटी शेर्पाले एक सय १९ मत प्राप्त गर्नुभएको छ ।

चौतारा साागाचोकगढी नगरपालिकाको मतगणना भर्खर सुरु गरिएको र अन्य स्थानको मतगणना केही समयपछि सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्