सुर्खेत, १ जेठ । लेकबेसी नगरपालिका–१ मा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको संयुक्त समूह विजयी भएको छ ।

मतपरिणामानुसार एमालेका मानबहादुर पुनले सात सय ९८ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी हुनुभएको छ । पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिमान घलेले चार सय ४० र नेकपा(माओवादी केन्द्र)का धनबहादुर ठाडाले दुई ३३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सदस्यमा भवानी कँडेल, नरबहादुर फौजा र टीका पौडेल विजयी हुनुभएको छ । रासस

LEAVE A REPLY