कालीकोटमा प्रहरी र विप्लव माओबादीबीचको दोहोरो झडप, एक जनाको ज्यान गयो



कालीकोट, १ जेठ । जिल्लाका नरहरिनाथ गाउँपालिकाअन्तर्गत नन्दादेवी मावि, सेरापाटा मतदान केन्द्रमा गएराति भएको सेना प्रहरी र नेपाल कम्युनिस्ट पार्टीबीचको दोहोरो झडपमा परी घाइते भएका एक जनाको आज बिहान मृत्यु भएको छ ।

सो झडपमा नरहरिनाथ गाउँपालिका (साविकको माल्कोट गाविस–५) निवासी धनरुप बटालाको मृत्यु भएको हो । उनको उपचार नपाएर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । अन्य पाँच जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले चलाएको गोलीबाट बटाला सख्त घाइते भएका थिए ।

अहिले सो क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर पठाइएको र व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले बताउनुभएको छ । अहिले जिल्ला सदरमुकाम मान्ममा सर्वदलीय बैठक बसिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्