रसुवाको दुई वटा वडा अध्यक्षमा नयाँ शक्ति विजयी, सदस्यमा एमाले अगाडी



नेपाल समाचारपत्र, रसुवा । रसुवाको २७ वडामध्ये दुई वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्ति विजयी भएको छ ।
उत्तरगया १ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बम वहादुर तामाङ विजयी हुनुभएको छ । महिला सदस्यमा नयाँ शक्ति कै मञ्जु तामाङ विजयी हुनुभएको छ । उहाँले दुई सय ७१ मत ल्याउनु भएको छ ।
त्यसैगरी अन्य तीन जना सदस्य भने नेकपा एमालेको तर्फबाट विजयी भएका छन् । दलित सदस्यमा दुई सय २६ मतका साथ ज्ञानु विक, खुल्ला सदस्यमा दुई ३४ मतका साथ पुर्ण बहादुर घले र दुई सय ३३ मतका साथ बम बहादुर तामाङ विजयी भएका छन् ।
पार्वतीकुण्ड गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका निमा दिण्डुप तामाङ विजयी हुनुभएको छ । उहाँले एक सय ४६ मत ल्याउनु भएको छ ।
महिला सदस्यमा एक सय ६२ मतका साथ एमालेका सोनाम तामाङ, खुल्ला सदस्यमा एक सय ६७ मतका साथ एमाले कै दोर्जे तामाङ र एक सय ५९ मतका साथ एमाले कै निमा दोर्जे तामाङ विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्