लाङटाङको मतपेटिका सदरमुकाम आईपुग्यो



नेपाल समाचारपत्र, रसुवा । रसुवाको लाङटाङमा रहेको मतपेटीका आज हेलिकप्टर मार्फत सदरमुकाम धुन्चेमा ल्याइएको छ ।
आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याईएको हो । लाङटाङको मतपेटीका ल्याइएसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना ११ बजेबाट सुरु गरिने प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो ।
हिजो साँझ मतपेटीका ल्याइने भनिए पनि मौसम प्रतिकुल भएका कारण ल्याउन नसकिएको हो ।

प्रतिक्रिया दिनुहोस्