काठमाडौ ललितपुर र भक्तपुरको आजै मतगणना हुने



मनोज रेग्मी, काठमाडौ ।
मतदान काकर्यक्रम सकिएलगतै उपत्यकाका तिनवटै जिल्ला काठमाडौ, ललितपुर र भक्तपुर नगरपालीकामा आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने र गणना सुरु गरिने ललितपुरका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जनाए ।

यस्तै भक्तपुर नगरपालिकाले पनि आजैबाट मतगणना गर्ने तयारी रहेको छ । प्रमुख निर्वाचन अधिकृत भोजराज शर्माले सर्वदलिय बैठक राखेर आजैबाट मतगणना गराउन लागेको जानकारी दिए ।

यस्तै भकतपुर नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत भोजराज शर्माले सर्वदलिय बैठक राखेर आज रातिबाटै मतगणना सुरु गरिने जानकारी दिनुभयो ।

साथै अन्य जिल्लामा भने मतपेटिका संकलन कार्यक्रम जारी छ र मतगणना भने निष्चित नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्