ट्याक्टर दुुरघटनामा बालकको मृत्यु



दयाराम पण्डित, बाजुरा
बाजुराको सदरमुकाम मार्तडी देखि कोल्टीको दानसांगुुतर्फ गैरहेको से एक त ८२९१ नंम्वरको ट्याकटर दुघटनामा परी आज दिउसो एक बाललको मृत्युु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायब निरिक्षक कृष्ण खड्काका अनुसार ट्याटर दुर्घटनामा परी मृत्युहुनेमा बढिनन्दा नगरपालिका वडा नं सात स्यालकाटीया निवासी विरसिंह विष्टको छोरा अन्दाजी वर्ष १२ को काले विष्ट हुन् । ट्याक्टर सडकबाट केही तल खसेको छ । भने बालक ट्याक्टर भन्दा माथि मृत अवस्थामा भेटिएका प्रहरीले बताएको छ ।
ट्याक्टर दुर्घटना कसरी भयो एकिन जानकारी भने प्राप्त नभएको खड्काले बताए । मृतकको उद्धारको गर्न कोल्टी विमानस्थल बाट प्रहरीटोली घटनास्थलमा पुगेर आवस्यक अनुसन्धान भईरहेको बताइएको छ ।

ट्याक्टर चालक तीर्थ चौधरी लाई प्रहरीले नियन्त्रणमा लिईसकेको बताइएको छ । सदरमुकाम मार्तडी देखि कोल्टी सम्म करिव चालिस किलो मिटर वाटोको ट¥याक खुला मात्र गरिएको छ ।

दुुई हजार अन्ठाउन्न साल मा कामका लागि खाद्न्न कार्यक्रम अन्तरगत काटिएको उक्त बाटो मर्मतका लागि नेपाल सरकार तत्कालीन जिल्ला विकास समितिको कायाृलय बाजुराले करोडौं रुपैंया खर्च गरेको छ यद्येपी बाटो दुराअवस्था ज्युका त्युछ । सडक निर्माणका ठेकेदारले समयमा सडक मर्मत तथा निर्माण नगुर्ने र कच्ची सडकमा क्षमता भन्दा बढि सामान बोक्नु र चालकको लापरवाहीले सडक दुर्घटना बढेको स्थानीयको दुःखेसो छ ।

करिव एक साता अघि मार्तडीबाट घटमना तर्फ गैरहेको जीप दुर्घटना हुँदा चार जनाको मृत्युभएको थियो । गाउँमा ट्याक खुलागरीएका सडकको स्तर उन्नती नगरे सडक दुर्घटना बढ्नसक्ने जानकारहरु वताउछन् ।

प्रतिक्रिया दिनुहोस्