कास्कीमा ६० प्रतिशत बढी मत खस्यो



पोखरा (कास्की), ३१ वैशाख । कास्की जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभएको छ ।

आजको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सुवेदीका अनुसार लगभग ७÷८ सय मतदाता रहेको मतदान केन्द्रमा दिउँसो २ बजेपछि मतदाता आउने क्रम अत्यन्त न्यून भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्