वाग्मतीमा मतदान केन्द्रनजिक बम



नेपाल समाचारपत्र, हेटौंडा, । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ स्थित बनदेवी निमावि मतदान केन्द्रभन्दा करिब १ सय ५० मिटर पर बम राखिएको भेटिएको छ ।

मकैघारीमा फेला परेको बम सुरक्षाकर्मीले निष्किय पारेका छन् । बम राखिएपछि केही बेर त्यहाँको वातावरण अशान्त बनेको थियो । गाउँपालिकामा यसबाहेक अन्य घटना नभएको प्रहरीले जनाएको छ ।

बागमती गाउ“पालिकामा १ सय ९० उम्मेदवार, ९ वटा वडा, २३ मतदान केन्द्र र १५ हजार ७ सय ६१ म्तदाता छन् ।

प्रतिक्रिया दिनुहोस्