पूर्वएफबीआई प्रमुख कोमीलाई ट्रम्पको चेतावनी



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मात्र एफबीआई प्रमुखको पदबाट हटाइएका जेम्स कोमीको टेपबाहिर ल्याउने चेतावनी दिएको छ। ट्विटरमा उनले कोमीले उनीहरू दुईबीचको आपसी वार्ताको कुनै टेप छैन भन्ने ठानेको हुनसक्ने उल्लेख गरेका छन्।

जेम्स कोमी अमेरिकी चुनावमा रुसको हस्तक्षेपको छानबिनमा नेतृत्व गरिरहेका थिए। उक्त जाँचमा चुनाव अभियानमा संलग्न अधिकारी र रुसबीच कुनै साँठगाँठ थियो भन्ने विषयमा छानबिन भइरहेको हो। तर गत मंगलबार अचानक उनलाई पदबाट हटाइएको थियो।

ट्रम्पले यसअघि कोमीले आफूलाई दुईपटक डिनर र एकपटक फोनमा उनको कुनै मामिलामा छानबिन नभएको जानकारी दिएको बताएका थिए।

गत वर्षको राष्ट्रपतीय चुनावअगाडि ट्रम्पले इमेलसँग जोडिएको जाँचका लागि कोमीको प्रशंसा गरेका थिए। त्यसैले पनि उनलाई हटाइनुलाई लिएर धेरै प्रश्न उठिरहेका छन्। गत वर्ष नोभेम्बरमा राष्ट्रपतिको चुनावअगाडि हिलारी क्लिन्टनको निजी सर्भरबाट इमेल पठाइएको मामिलमा नयाँ इमेल्स प्राप्त भएको जानकारी दिएर जेम्स कोमीले पुनः जाँच शुरू गरेका थिए।

राष्ट्रपति चुनावमा आफ्नो पराजयलाई लिएर क्लिन्टनले जेम्स कोमीलाई जिम्मेवार ठहर्याइसकेको छ। चुनाव केही दिनअगाडि मात्रै कोमीले क्लिन्टनको उक्त इमेल प्रकरणमा लापरबाही भए पनि आपराधिक प्रकृतिको नभएको बताउँदै उनलाई सफाइ दिएका थिए। कोमीको उक्त निर्णयलाई लिएर ट्रम्पले कडा आपत्ती जनाएको थियो।

कोमीको पदमुक्त प्रकरणमा ट्रम्पको पछिल्लो बयानलाई लिएर उक्त बर्खास्त प्रक्रियामाथि कानुनी प्रश्न उठेको विज्ञहरूले बताएका छन्।

नोभेम्बरमा डेमोक्रइटिक नेता चक सुमरले पनि क्लिन्टनको छानबिन प्रक्रियालाई लिएर एफबीआई निर्देशकको कडा आलोचना गरेका थिए।

राष्ट्रपतिको काम यति धरै हुन्छ भन्ने मलाई थाहा थिएनः ट्रम्प

वासिङ्टन, (एजेन्सी) अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति बन्नुअगाडि आफूलाई यो अत्यन्तै कठिन हो भन्ने कुरा थाहा नभएको बताएका छन्।

उनी अहिले राष्ट्रपतिको कामलाई लिएर हैरान भएका छन् र आफूलाई बाँधिएको महसुस गरेका छन्। राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो सय दिन पूरा भएको अवसरमा रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा उनले बताए। उनले भने– ‘मैले आफ्नो विगतमा जीवनलाई अन्त्यन्त प्रेम गरें। मसँग धेरैकुरा भइरहेको थियो।’

राष्ट्रपतिको कामलाई लिएर उनले भने– ‘यहाँ मेरो पुरानो जिन्दगीभन्दा धेरै काम छ। मलाई यो सजिलो होला भन्ने लागेको थियो।’

चुनाव जितेको पाँच महिना र राष्ट्रपतिका रुपमा सय दिन पूरा गरेपछि पनि ट्रम्प चुनावका बारेमा सोचिरहेका छन्। आफ्नो पुरानो जिन्दगीमा आफू निजी मामिलालाई लिएर त्यति संवेदनशील नभएको उनले बताए। अमेरिकी राष्ट्रपतिले उनको जीवन साँघुरो बन्न पुगेकोमा दिक्क मानेका छन्।

उनले प्रस्ट पार्दै अहिले आफू पनि चौबिसै घण्टा गोप्य सेवाको सुरक्षामा बस्न बानी भएको बताए। उनले भने– ‘तपाईं आफै घेरिँदै जाने रहेछ, किनभने तपाईंको वरपर व्यापक सुरक्षा हुन्छ, जसको कारण तपाईं कहीँ पनि जान सक्नुहुन्न।’
अमेरिकी राष्ट्रपतिलाई कहीँ जानुपर्यो भने ऊ लिमजिन वा कुनै एयुबीमा जाने गर्छ। यसमा पनि उनी आफैले गाडी चलाउन नपाएको र त्यसलाई गुमाएको बताउँछन्। उनले भने– ‘मलाई ड्राइव गर्न मनपर्छ, अहिले म गाडी नै चलाउन पाउँदिनँ।’

प्रतिक्रिया दिनुहोस्