परिचयपत्रको चटारो



अहिले मतदाता परिचयपत्र लिने क्रम अघि बढिरहेको छ। सर्वसाधारणको गुनासो सुनिन्छ– पहिलाको र अहिले लिएको मतदाता परिचयपत्रमा के फरक छ र बेकारमा यो दुःख दिइएको होला? प्रश्न उनीहरूले उठाइरहेको भए पनि जवाफ दिने कोही नपाएर धरहराले आफ्नो दूरबीन अन्यत्रै मोड्नु ठीक ठान्यो।

हुन पनि मतदाता परिचयपत्र लिने चटारोले सर्वसाधारणलाई अलि हैरान महसुस धेरैले गरेको पाइयो है।

जे भए पनि त्यो लिने म्याद आजसम्म मात्रै भएकाले अब गुनासो गर्नुको औचित्य पनि रहेन। तर, अर्कोपालिका लागि चाहिँ अलि होसियारी अपनाउनुपर्ने छाँट देखियो। अलि समय छँदै दिए कुदाकुद गर्नुपर्ने त थिएन।

मौन अवधी

मौन अवधी पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा मात्रै हो कि अन्यत्र पनि हो भन्ने बारेमा अहिले शहरमा अर्को चर्चा चलेको रहेछ।

केहीले धरहरा छेउमा आएर भन्दै थिए– ‘होइन दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा आएर कोही राष्ट्रिय स्तरको नेताले मेरो पार्टी गजब राम्रो छ, दोस्रो चरणको निर्वाचनमा मतदान गर्नुहोला भन्यो भने के गर्ने?’ कुरा पनि केके हुन् केके?

प्रतिक्रिया दिनुहोस्