भक्तपुरमा सिडिण्डर बम विस्फोट



भक्तपुर, (नेस)
भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा अज्ञात समूहले मौन अवधि शुरु भएको समयमा सिलिण्डर बम विस्फोट भएको छ।

दुवाकोटको काठमाडौं मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घर अगाडि राति करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिण्डर बम विस्फोट भएको हो।

बम विस्फोट हुँदा खत्रीको घरको ८ वटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ।

घटनाको प्रहरीले अनुसन्धान शुरू गरी घटनामा संलग्नको खोजी शुरू गरेको प्रहरी नायब उपरीक्षक श्याम ओलीयाले बताउनुभयो। यसअघि बुधबार राति १२ बजे लोकन्थलीमा पनि सिलिण्डर बम विस्फोट गराउने तयारी गर्दै गर्दा नेपाली सेनाको टोलीले निस्क्रिय पारेको थियो।

प्रतिक्रिया दिनुहोस्