मदिरा बिक्रीवितरणमा निषेध



हेटौँडा, २९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा गरी दुई सय ९५ मतदान केन्द्र र वरिपरि एकीकृत रुपमा कडा सुरक्षाको टोली तैनाथ गरिएको छ ।

जिल्लाका ती मतदान केन्द्रमा क्रमशः एकीकृत रुपमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र म्यादी प्रहरीको छुट्टाछुट्टै टोली तयार पारी मतदान केन्द्रलगायत वरिपरि १ किमीसम्म सुरक्षाको कडा व्यवस्था गरी मतदानका लागि शान्तिपूर्ण वातावरण बनाउने काम भइसकेको प्रजिअ नारायणप्रसाद शर्मा दुवाडीले बताउनुभयो ।

उपमहानगरपालिकालगायत थाहा नगरपालिका र विभिन्न गाउँपालिकामा वैशाख ३१ गते हुने निर्वाचनको दिनमा सुरक्षाको मोबाइल टोली छुट्टाछुट्टै खटाइने छ । यसैगरी वैशाख २९ गते बेलुकादेखि मतदान केन्द्र र वरिपरि क्षेत्रमा मदिरा बिक्रीवितरण र सेवन गर्न निषेध गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्