गुल्मीमा जीप दूर्घटनामा एक जनाको मृत्यु



अनिल खत्री गुल्मी । गुल्मीको सदरमुकाम तम्घासदेखि ईस्मा गाउँपालीकातर्फ जाँदै गरेको जीप विहिवार दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ । लु १ च ६६८४ नम्बरको उक्त जीप सोही गाउँपालीका ४ स्थीत दोहोलीमा दूर्घटना हुँदा सोही ठाउँ निवासी ४० वर्षीय कल्पना गन्र्धवको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताउनु भएको छ ।

दूर्घटनामापरि सोही ठाउँका वावुराम गन्धर्ब, हुमकला विक, रुवी सुनार र सरस्वती अर्याल घाईते भएका छन् । घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जीप सडकवाट एक सय ५० मिटर तल खसेको ट्राफिक प्रमुख श्रेष्ठले बताउनु भयो । क्षमता भन्दा बढी सामग्रि बोकेकोे जीप ओरालो सडकमा अकस्माथ ब्रेक फेल भएका कारण दूर्घटना भएको चालकले बताएका छन् । जीप चालकलाई ईस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्