मतदाता बोकेको बस दुर्घटना, दुई जनाको ज्यान गयो, डेढ दर्जन बढी घाईते



नेपाल समाचारपत्र, काठमाडौं । मतदाता बोकेर हिंडेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

काठमाडौंबाट दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको खाडीचौरस्थित तीन किलोमा दुर्घटना हुँदा दोलखा लामीडाँडा–७ का ७६ वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती रत्नकुमारी घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ ।

मुक्तिनाथ घिमिरेको को घटनास्थलमै र उनकी श्रीमतीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी २० भन्दा बढी यात्रु घाइते भएका छन ।

क्षमताभन्दा बढी यात्रु बोकेको बस सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाई छ ।

घाइतेहरुको सिन्धु सदावहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । घाइतेमध्ये ९ जना गम्भीर घाइतेलाई धुलिखेल अस्पताल रिफर गरिएको छ ।

दोलखाको कालिञ्चोक नगरपालिका जान लागेको बसमा सवार एक यात्रुका अनुसार सो बस माओवादी केन्द्रका मतदाता बोकेर दोलखा जाँदै थियो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्