सामाजिक न्यायको माग गर्दै आमरण अनसन



रविन भट्टराई, ताप्लेजुङ । सामाजिक न्यायको माग गर्दै ताप्लेजुङ फङ्लिङ नगरपालीकाका एक व्यक्ति आमरण अनसनमा बसेका छन् ।

फुङ्लिङ नगरपालीका तीनका नविन गुरागाई आफ्नो पुर्खेउली जमिनको मुल्याङ्कन नगरी साहुले हडपेको भन्दै बुधबार देखि सोहि गुमेको जग्गामा आमरण अनसनमा सुरु गरेका हुन् ।

सोहि स्थानका राम बरालसँग केहि वर्ष पहिले नगद लेनदेनको क्रममा आफुले २ लाख लिएर पटक पटक गरी विश्वासको आधारमा कागज नगरी १ लाख ५० हजार दिए पनि नदिएको भन्दै अदालतमा मुद्धा हाली सात रोपनि खेत हडपेको पिडित गुरागाईको गुनासो रहेको छ ।
बरालले अदालतमा मुद्धा हालेपछि आफ्नो वकिलले जिल्लाको सबै आफुले हेर्ने भन्दै आफुलाई जिल्ला आउनु नपर्ने आफै सबै गर्ने भनेर आफ्नै वकिलले फसाएको उनले बताए । उनि व्यवसायको सिलसिलामा परीवार सहित काठमाडौ बस्दै आएका थिए ।
विपक्षि वकिल र साहु राम बरालले अनसनरत गुरागाईको धान खेती हुने सडक छेउको सात रोपनी जग्गाको मुल्याङ्कन कम देखाई स्थानिय सँग पनि सोहि आधारको मुचुल्का बनाई अदालतमा पेश गरी आफुलाई फसाएको उनको दुखेसो रहेको छ । थोरै रकममानै आफुले सबै पुर्खेउली जमिन गुमाउन पुगेकाले अब समाजलेनै यसको निसाफ खोजिदिनु पर्ने उनको माग रहेको छ ।
उनले आफुसँग भएको पुर्खेउली जमिन पनि आफ्नै वकिल सुजन दाहाल र राम सुवेदिको मिलेमतोमा साहु बरालले कब्जा गरेको साथै अन्य साहु पनि धेरै रहेकाले सो जग्गाको समाजलेनै मुल्याङ्कन गरी सबै साहुको ऋण तिरी आफु ऋणबाट मुक्त हुन चाहेको बताएका छन् ।
यता साहु राम बरालले आफुले कानुनि प्रकृया पुरा गरी जग्गा लिएकाले कानुन बाहेक आफु अरुको कुरा नमान्ने प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्