सिस्का एलइडीको शोम रुम खुल्यो



काठमाडौं, (नेस)
कल मोबिलिटीसँगको सहकार्यमा सिस्का एलइडीले राजधानीको पुतलीसडकमा आधिकारिक शोरुम संञ्चालनमा ल्याएको छ। घरेलु, औद्योगिक तथा व्यापारिक प्रायोजनका लागि प्रयोग हुने विभिन्न प्रकारका सिस्काका एलइडी सामान शोरुममा राखिएको छ।

सोरुममा सिस्काले महिला पुरुषले प्रयोग गर्ने सेभर, ट्रिमर, ड्रायर लगायतका २५ भन्दा बढी सौन्दय सामग्री पाइने कम्पनीले जनाएको छ। सिस्काको विश्वभर १४ सय वितरक तथा ९० हजारभन्दा बढी बिक्री केन्द्रहरू रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्