“राष्ट्रियताका लागि मेरो उम्मेदवारी”



२०५४ सालमा एमालेका तर्फबाट काठमाडौं महानगरपालिका वडा नम्बर २३ मा वडा सदस्य भइसक्नुभएका अहिलेका एमालेका तर्फबाट सोही वडाको वडाअध्यक्षमा भिँड्दै गर्नुभएका मच्चा राजासँग चुनावी रणनीतिका बारेमा गरिएको कुराकानीको सारसंक्षेपतपाईंको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी वडा नम्बर २३ को समग्र विकासका लागि हो। मैले वडा नम्बर २३ लाई बुझेको छु। २०५४ सालमा वडा सदस्य भएर काम गरेको हुँ। यहाँको आवश्यकता मलाई थाहा छ। समस्यासँग म खेलेको मान्छे हुँ। मलाई कसरी विकास र उन्नति गर्न सकिन्छ भन्ने थाहा छ। यो वडामा मैले विभिन्न खालका चुनावी रणनीति र विकासका योजनासहित मैदानमा उत्रिएको हुँ।

तपाईंका चुनावी रणनीतिहरु खास के–के छन् त ?

हामीले २३ नम्बर वडाका लागि केही रणनीति बनाएका छौं। हामीले प्रतिबद्धता पनि गरेका छौं। योजना तर्जुमादेखि सामाजिक सुधार, शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिक सुरक्षा, आर्थिक सशक्तिकरणदेखि अन्य शान्ति शुरक्षा र विकास निमार्णका कार्यक्रमसम्म पनि हाम्रो योजनामा छन्।

यी त तपाईंले जितेपछि गर्ने कामको योजना भयो। यस्ता योजना सबैकका छन्।

खास जित्ने आधार के हो तपाईंको ?

नेकपा एमालेप्रति जनताको माया छ। राष्ट्रियताका लागि पनि नेकपा एमालेलाई जनताले खोजेका छन्। विकासका काममा पनि एमालले आफ्नो प्रतिबद्धताअनुसार काम गरिरहेको छ। एमालले जनतालाई गर्छु भनेको काम कहिल्यै ढाँटेन। युवा, जवान, महिला, बृद्ध सबैको प्यारो भएको छ। देश संकटमा परेका बेला अग्रपंत्तिमा उभिएको छ। खास जित्ने आधार हाम्रो हामी जनताका लागि राजनीति गरेका छौं त्यही हो जनताको साथ पाउने आधार।

कत्तिको ढुक्क हुनुहुन्छ त ? वडा अध्यक्षमा बाजि मारिएला ?

पक्कै पनि मैले जित्ने निश्चित भइसकेको छ। वडाबासी मेरो उम्मेदवारीले उत्साहित भएका छन्। त्यसमा पनि पहिलेदेखि नै वडामा काम गरेको छु। जनताका पक्षमा काम गर्नेलाई नै जनताले माया गर्छन्। एमालले देखाएको राष्ट्रियताले पनि जनताको माया बढेको छ। यस कारण मैले जित्ने पक्का छ। जनताको माया र एमालेप्रतिको लहरले म ढुक्क भएको हुँ।

प्रतिक्रिया दिनुहोस्