‘भुम्लु गाउँपालिकाको विकासका लागि मेरो उम्मेदवारी’



भुम्लु, (नेस)
काभ्रे जिल्लाको विकट क्षेत्र मानिने कोशीपारिको भुम्लु गाउँपालिकाको प्रमुखमा होमराज माझीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रको राम्रो पकड रहेको भुम्लु गाउँपालिकामा स्वतन्त्र रूपमा चुनाव जित्न त्यति सजिलो छैन। सिमान्तकृत जातिबाट उम्मेदवार बन्नुभएका माझी ठूला दलका नेताहरुले आश्वासन मात्र दिने, दलीय र व्यक्तिगत स्वार्थमा रुमल्लिने तथा गाउँको विकासमा भन्दा पनि आफ्नो स्वार्थमा मात्र अग्रसर भएकाले आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ।

यहाँ सुनकोशी, इन्द्रावतीजस्ता ठूला नदी, ठूला वनजंगल रहेको र यहाँबाट प्राप्त हुने प्राकृतिक स्रोतसाधनको उपयोग गरेमा मात्र पनि गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ।

एक हजारभन्दा बढी जनसंख्या रहेको माझी समुदायको तर्फबाट आफूले उम्मेदवारी दिएको भन्दै उहाँले आफ्नो प्रतिस्पर्धा प्रमुख दलका उम्मेदवारसंग हुने बताउनुहुन्छ। भुम्लु गाउँपालिकाको वडा नं १ मासमेत वडा अध्यक्षमा माझी समुदायबाटै स्वतन्त्र उम्मेदवार रहेको भन्दै उहाँले आफू विजयी भएमा माझी समुदायको साथै समग्र भुम्लु गाउँपालिकाको विकास र समृद्धिका लागि काम गर्ने बताउनुहुन्छ।

यहाँ सुनकोशी, इन्द्रावतीजस्ता ठूला नदी, ठूला वनजंगल रहेको र यहाँबाट प्राप्त हुने प्राकृतिक स्रोतसाधनको उपयोग गरेमा मात्र पनि गाउँपालिकालाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ। जलविद्युत् उत्पादन, पर्यटनस्थल निर्माण, सडक निर्माण, शिक्षा स्वास्थ्यमा आम जनताको पहँुच पुर्याउनु आफ्नो मूल उद्देश्य राखि स्वतन्त्र उम्मेदवारी दिएको माझी बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्