टुट्यो सोनाक्षीको सम्बन्ध



सन् २०१७ शुरु भएको केवल ४ महिना मात्र भयो । तर लाग्छ कि अघिल्लो वर्षको जस्तै यो साल पनि बलिउडका लागि ब्रेकअपको वर्ष हुनेछ।

एक भारतीय अनलाइनको खबरलाई मान्ने हो भने नायिका सोनाक्षी सिन्हा र उनको कथित वाइफ्रेन्ड बन्टी सजदेहबीच ब्रेकअप भएको छ। रिपोर्टअनुसार दुवैले अब अलग हुने निर्णय लिएका छन्। तर उनीहरुले आफ्नो सम्बन्ध तोडेको यो पहिलोपटक भने होइन।

उनीहरु सन् २०१४ मा पनि उनीहरू एकअर्कासँग डेटमा रहेका थिए। तर सोनाक्षीको परिवारले उनीहरुको सम्बन्ध राखिरहन उचित मानेनन्। त्यसकारण पनि उनीहरुले त्यहीबेला नै आफ्ूहरु अलग हुने फैसला गरेका थिए। तर बीचमा उनीहरुको सम्बन्ध नजिक भएको हल्ला सुनिएको थियो। उनीहरुलाई केहीपटक सँगै खाना खाइरहेको र फिल्म हेर्न गएको पनि भेटिन्थ्यो। सोनाक्षी आफ्नो यो सम्बन्धको कारण निकै खुसी थिइन्। तर उनको परिवारलाई सोनाक्षी र बन्टीबीचको उमेर अन्तर मन परिरहेको थिएन। विषेश गरी सोनाक्षीकी आमालाई बन्टी नाम पर्दैन थियो। तर यसबीच उनीहरुको इन्गेजमेन्टको खबर पनि बाहिर आएको थियो। उनीहरु विवाहका लागि पनि तयार छन् भन्ने बुझिन्थ्यो। तर अचानक ब्रेक अपको सामाचारले उनको उनलाई मात्र होइन, उनका फ्यानहरुलाई पनि दुःखी बनाएको छ।

प्रतिक्रिया दिनुहोस्