अबैध विदेशी मुद्रासहित ६ चिनियाँ पक्राउ



काठमाडौं, (नेस)
राजधानीमा बसेर विदेशी मुद्राको अबैध कारोबार गर्दै आएका चिनियाँ नागरिकलाई प्रहरीले विभिन्न मुलुकका विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ।

राजधानीमा बसेर अबैध डलरको कारोबार गरिरहेको भन्ने सुराकीका आधारमा खटिएको महानगरीय अपराध महाशाखाको टोलीले नेपाली रुपियाँ ४ करोड ७५ लाख ६० हजारबराबरको विभिन्न विदेशी मुद्रासहित छ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

महाशाखाबाट खटिएको टोलीले बुधबार बिहान पर्यटक गाडीसहित नागढु·ाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक प्रकाशज· कार्कीले काठमाडौँबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो।

पक्राउ परेका चिनियाँहरूबाट अमेरिकी डलर ३ लाख ४९ हजार, युरो ६८ हजार, चिनियाँ युआन १४ हजार ४ सय, जापानी येन ३१ लाख, स्वीस फ्रयान्क २ हजार दुई सय, अस्ट्रेलियन डलर १ हजार ४सय स्टर्लिङ पाउन्ड १ हजार १ सय र नेपाली रुपियाँ २४ हजार ६ सय बरामद गरिएको छ।

नेपालमा पर्यटकका रूपमा नेपाल आउने चिनियाँ नागरिकहरूले अबैध रूपमा विदेशी मुद्रा संकलन गरी चीनतर्फ लाने गरेको भए पनि सुरक्षा निकायले भने बेलाबेलामा मात्रै त्यस्ता गतिविधिमा संलग्न हुने चिनियाँ नागरिकलाई पक्राउ गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्