कांग्रेसको नेतृत्व आवश्यकः सिंह



भक्तपुर, (नेस)
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको राजनीतिक अस्थिरता र संकट समाधानका लागि देशमा कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ। बुधबार भक्तपुरको ठिमीमा आयोजित चुनावी सभामा बोल्दै उहाँले देशलाई संकट पर्दा नेपाली कांग्रेसले नै संकटको समाधान गर्दै आएको चर्चा गर्नुभयो।

सिंहले स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन शुरु भएको र संविधान कार्यान्वयनसँगै जनताको अधिकार घरदैलो मै पुग्नै बताउनुभयो। नेपाली कांग्रेस मध्यपुर थिमी नगर समितिले आयोजना गरेको सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता महेश आचार्यले अब विकासको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो। उहाँले कांग्रेसको नेतृत्वमा संविधान बनेको बताउँदै कांग्रेसकै नेतृत्वमा आर्थिक विकास पनि हुने बताउनुभयो।

कार्यक्रममा सांसद रामेश्वर ढुंगेल, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, नगर सभापति सुरेन्द्र श्रेष्ठ, प्रमुखका उम्मेदवार अष्टकुमार कबें, उपप्रमुखका उम्मेदवार अञ्जना मधिकर्मीलगायतले मध्यपुरको इतिहासलाई जोगाउन र यसको विकास र समृद्धिका लागि कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्