वडाध्यक्षको दौडमा मानन्धर



काठमाडौं, (नेस)
घरदैलो अभियानमा जान ठिक्क परिरहेका नेपाली कांग्रेस काठमाडौं महानगरपालिका १७ नम्बर वडाका वडाध्यक्षका उम्मेदवार नवीन मानन्धरलाई बुधबार ठमेलको व्यस्त ठाउँसँगैको ठँहिटीमा भेट्दा निकै उत्साहित देखिन्थे।

२० वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा अन्य उम्मेदवारझैं उनी पनि चुनाव प्रचारको अन्तिम दिनको योजना बनाउनमा व्यस्त थिए। बढी जनसहभागिता जुटाएर चुनावी सभा कसरी सफल बनाउने भन्ने विषयमा ठँहिटीको एक छेउको चोकमा कार्यकताहरूसँग छलफल गरिरहँदा भेटिएका उम्मेदवार मानन्धरले मुहारमा देखिएको उत्साहको स्रोत के हो भन्ने जिज्ञाशामा उनले साहित्यिक पारामा जवाफ दिए– ‘मप्रति मतदाताहरूमा देखिएको उत्साहको प्रतिविम्ब नै मेरो मुहारमा देखिएको हो।’

‘घरदैलो अभियानका क्रममा ‘नवीन मानन्धर भन्ने तपार्इं नै हो, तपाईंलाई नचिने पनि नाम त सुनेको छु भनेर खुसी व्यक्त गर्नेहरू धेरै भेटिए, यसले मलाई निकै उत्साहित तुल्याएको छ’ –उम्मेदवार मानन्धरले भने। मतदाताहरूबाट यस्तो प्रतिक्रिया दिनुको श्रेय उनले आफ्नो सामाजिक कामहरूलाई जाने बताए।

वैशाख १२ गतेको विनाशकारी भूकम्पछि विपद् व्यवस्थापन र त्रिपाल वितरणमा उनको भूमिकालाई मतदाताहरू अहिले पनि सम्झिन्छन्। मन्त्री, सभासद्, उच्च पदस्थ कर्मचारीलगायत पहुँच भएकाहरूको सिफारिसबिना त्रिपालसमेत नपाउने त्यति बेलाको अवस्था थियो।

प्रतिक्रिया दिनुहोस्