देउवा–ओली भेटवार्ता



काठमाडौं, (नेस)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार ओली निवास बालकोटमा भेटवार्ता भएको छ।

छलफलका लागि सभापति देउवा बिहान ११ः३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजी सचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताउनुभयो।

करिब एक घण्टा भएको भेटमा कांग्रेस सभापति देउवाले मधेस केन्द्रित दललाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्नेमा जोड दिँदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो। एमाले अध्यक्ष ओलीले भने दोस्रो चरणको निर्वाचन बजेटअघि गर्नुपर्नेमा जोड दिँदै सहमतिका लागि छलफललाई निरन्तरता दिने र अन्य दलसँग छलफल गरेर गतिरोधको निकास निकाल्न सुझाव दिनुभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्