विहीबार राति १२ बजेबाट सभा, जुलुस, नाराबाजी बन्द



नेपाल समाचारपत्र, काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि २८ गते राति १२ बजेदेखि सुरु हुँदै छ । मौन अवधीमा सभा, जुलुस, नाराबाजी लगायतका कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन निर्दे्शिका २०७३ दफा ६९ मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म चुनावि प्रचार प्रसार लगायतकामा गर्न नपाइने उल्लेख ।
स्थानीय तहको पहिलो चरणको मतदान बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्