लागुऔषधसहित दुईजना पक्राउ



काठमाडौँ, २७ वैशाख । महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले आज दिउँसो गोङ्गबुचोकमा लागुऔषध लिएर हिँडेको अवस्थामा बाराका सुरजकुमार पासवान र सन्तोष सराफलाई पक्राउ गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले फेनार्गन १०० थान, डाइजेपाम १०० थान, ब्रुर्नफिन १०० थान, नाइट्रावेड ६० ट्यापलेट र कोडिन सिर्रफसहित पक्राउ गरिएको प्रभावका प्रमुख एवम् प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको खड्काले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्