स्थानीय तहको निर्वाचन ऐतिहासिक घटना – प्रधानमन्त्री



काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नेपालको निर्वाचनको इतिहासमा पहिलो ऐतिहासिक घटना भएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) शङ्खरापुर नगर समितिले आज साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन २० वर्षपछि हुन लागेको भनी भइरहेको प्रचारप्रसार गलत भएको बताउनुभयो ।

“यसअघि विसं २०५४ मा भएको निर्वाचन स्थानीय निकायको हो, अहिले हुन लागेको चुनाव सिंहदरबारको अधिकार गाउँपालिका र नगरपालिकामा पु¥याउने एक युगमा एकपटक हुने घटना हो” – उहाँले भन्नुभयो ।

माओवादीका नगर प्रमुख उम्मेदवार कृष्णराज सुवेदीले शङ्खरापुर नगरपालिकाको विकास र समृद्धिको मुद्दा लिएर आफूले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको बताउनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिकाको थलीचौरमा आजै आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उम्मेदवारी दर्ता गर्ने दिनसम्म कसैले पनि चुनाव हुन्छ भनी विश्वास नगरेको उल्लेख गर्दै अब कसैले चाहँदैमा निर्वाचन नरोकिने बताउनुभयो ।

नगर प्रमुख उम्मेदवार महेश्वर फुयाँलले कागेश्वरी मनोहरा नगरपालिकामा कसैसँग पनि चुनावी तालमेल नहुने प्रष्ट पार्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा आयोजित सभामा प्रधानमन्त्री दाहालले अँँध्यारो समयलाई अन्त गर्दै उज्यालो ल्याउन र २५ वर्षदेखि ओरालो लागेको आर्थिक वृद्धिदरलाई नौ महिनामा सात प्रतिशत पु¥याउन माओवादी नेतृत्वको सरकार सफल भएको बताउनुभयो ।

“पहिलो संविधानसभा निर्वाचनपछि हामीले केही गल्ती गरेकाले दोस्रो संविधानसभा निर्वाचनमा हार व्यहोनुप¥यो, अब माओवादीले गल्ती गर्दैन ढुक्क भएर मतदान गर्नुस्”– उहाँले भन्नुभयो ।

आर्थिक समृद्धितिर लैजानका लागि सरकारले आधार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले माओवादी स्थानीय तह निर्वाचनमा एक नम्बर पार्टी बन्ने दाबी गर्नुभयो ।

नगर प्रमुख उम्मेदवार तेजराज नेपालले गोकर्णेश्वर नगरलाई विकासको मार्गमा अघि बढाउन आफू चुनावमा होमिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्