राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बधाई



काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र कोरियाको १९औँ राष्ट्रपतिमा मुन जे इन निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नु भएको छ ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि श्री मुनलाई बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले राष्ट्रपति मुनलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै उहाँमा शुभकामना र कार्यकालको सफलताको कामना गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले राष्ट्रपति मुनको कार्यकालमा नेपाल र गणतन्त्र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्