संकट समाधानका लागि काँग्रेसको नेतृत्व आवश्यक – नेता सिंह



पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको राजनीतिक अस्थिरता र संकट समाधानका लागि देशमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।आज भक्तपुरको ठिमीमा आयोजित चुनावी सभामा बोल्दै उहाँले देशलाई संकट पर्दा नेपाली काँग्रेसले नै संकटको समाधान गर्दै आएको चर्चा गर्नुभयो ।

सिंहले स्थानीय तहको निर्वाचनसंगै संविधान कार्यान्वयन सुरु भएको र संविधान कार्यान्वयनसंगै जनताको अधिकार घरदैलो मै पुग्नै बताउनुभयो । नेपाली काँग्रेस मध्यपुर थिमी नगर समितिले आयोजना गरेको सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता महेश आचार्यले अब विकासको नेतृत्व काँग्रेसले गर्ने बताउनुभयो ।उहाँले काँग्रेसको नेतृत्वमा संविधान बनेको बताउँदै काँग्रेसकै नेतृत्वमा आर्थिक विकास पनि हुने बताउनुभयो ।

कार्यक्रममा सांसद रामेश्वर ढुंगेल,नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा,पुर्ब सभापति गणेशमान चक्रधर ,नगर सभापति सुरेन्द्र श्रेष्ठ,प्रमुखका उम्मेदवार अष्टकुमार कबें,उपप्रमुखका उम्मेदवार अन्जना मधिकर्मी लगायतले मध्यपुरको इतिहासलाई जोगाउन र यसको बिकास र समृद्घिका लागि काँग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्