कांग्रेस–माओवादी कार्यकर्ताबीच झडप



रुकुम, (नेस)
रुकुममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।

उनीहरूको झडपलाई नियन्त्रण गर्न प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको छ। सानीभेरी गाउँपालिकाको वडा नम्बर १ चाइनाबगरमा दुवै पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। झडपमा परी दुवैतर्फका केही कार्यकर्ता सामान्य घाइते भएका छन्।

झडपले उग्र रूप लिन थालेपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मनबहादुर रञ्जालीले दुवै पार्टीका कार्यकर्ताबीचको झडप नियन्त्रण गर्न २ राउन्ड हवाइ फायर भएको भएको बताउनुभयो।

नेपाली कांग्रेसकोतर्फबाट सानीभेरी गाउँपालिका अध्यक्षका उम्मेदवार गोरखप्रसाद चन्दको चुनावी कार्यक्रममा माओवादी कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले बताएको छ।

कांग्रेस उम्मेदवार गोरखप्रसाद चन्दले आफूहरू चुनावी कार्यक्रमका लागि जाँदै गरेको बेला माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडपको स्थिति आएको बताउनुभयो।

माओवादी केन्द्रको तर्फबाट सोही गाउँपालिकाको अध्यक्षका उम्मेदवार नरबहादुर पुनले भने कांग्रेस कार्यकर्ताको कारण झडपको वातावरण बनेको दावी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्