महिला कर्मचारी मात्रै



हेटौंडा, (नेस)। हेटौंडा–२ को पल्पसा मतदान केन्द्रलाई यस पटक पनि नमुनाको केन्द्र बनाइएको छ। जसमा महिला कर्मचारी मात्र खटिने छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि पल्पसा मतदान केन्द्र महिला कर्मचारीकै जिम्मामा थियो।

पल्पसा मतदान केन्द्रमा ‘क’ र ‘ख’ २ वटा मतदान केन्द्र छन्। मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरु महिला नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

पल्पसा हल मतदान केन्द्रमा मतदान अधिकृतमा महिला तथा बालबालिका कार्यालय मकवानपुर प्रमुख शोभा शाह र जिल्ला हुलाक कार्यालय मकवानपुर प्रमुख सुनीता गजुरेललाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्