“विकासतन्त्रलाई अगाडि बढाउन चाहन्छु”



सपना अर्याल कामपा १० वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार

किन उम्मेदवारी दिनुभयो ?

१० नं. वडाको विकास नै मेरो एजेन्डा हो। अहिले यहाँ गाडीमा पानी ल्याउनुपर्ने अवस्था छ भने म घर–घरको धारामा पानी आउने अवस्था सिर्जना गर्दछु।

दलहरूका उम्मेदवारसँग तपाईंले सक्नुहोला त ?

म लुटतन्त्र र घूसतन्त्रको अन्त्य गरी विकासतन्त्रलाई अगाडि बढाउन चाहन्छु। म हारे पनि जिते पनि वडाबासीको साथमा रहने प्रतिबद्धता गरेको छु। त्यसैले वडाबासीहरुले पनि साथ अर्थात् मत दिनुहुनेछ भन्ने आशा लिएको छु। मेरो चुनाव चिह्न मुठी पारेर चोर औंला उठाएको हात हो।

तपाईंका अरू कार्यक्रम के छन् नि ?

वडाको विकास गर्छु। वडाबासीका समस्याहरु को सम्बोधनका लागि सधैं साथ दिनेछु। ठूला दलहरुले महिलालाई भजाएर भोट जम्मा गर्छन् मैले यो वडालाई महिला हिंसामुक्त क्षेत्र पनि बनाउने प्रतिबद्धता जनाएकाले स्वतन्त्र उम्मेदवार पनि बन्ने आँट गरेकी हुँ। एक्लै महिलाले आँट्यो भने जस्तोसुकै चुनौती पनि सामना गर्न सकिन्छ भन्ने विश्वास लिएकी छु।

प्रतिक्रिया दिनुहोस्