आगामी विश्वकपको मस्कट ब्वाँसो



मस्को, (एजेन्सी)
आगामी वर्ष रुसमा हुने फिफा विश्वकपका लागि आधिकारिक मस्कट मंगलबार सार्वजनिक गरिएको छ।

सन् २०१८ मा हुने विश्वकपको मस्कट ब्वाँसोलाई जाबीभाका नामकरण गरिएको छ। यसमा रुसको झण्डामा भएको रंग लगाइएको छ। उक्त मस्कटका डिजाइनर विद्यार्थी एकाटेरिना बोचारोभाले ५० हजार प्रतिस्पर्धीलाई हराएर विजेता बनेका थिए।

यो मस्कटले अन्तिम तीन प्रतिस्पर्धीमा ५३ प्रतिशत मत प्राप्त गर्दा बाघको मस्कटले २७ प्रतिशत र बिरालो मस्कटले २० प्रतिशत मात्रै मत हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्