दुई राज्यमन्त्रीबाट शपथ



काठमाडौँ, २६ वैशाख । नेपाल लोकतान्त्रिक फोरमबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्रीमा यशोदाकुमारी लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा सुमित्रा थरुनीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराउनुभएको थियो । शपथग्रहण समारोहमा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, मुख्यसचिव सोमलाल सुवेदीलगायत सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्