हजारको बिटोमा ५ सयका नोट



मोतीराम तिमल्सिना, काभ्रे

राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखाले भुक्तानी गरेको हजारका बिटामा लापरबाही देखिएको छ। मुख्य निर्वाचन कार्यालय काभ्रेले कर्मचारीका लागि भुक्तानी गर्न सोमबार निकालेको एक करोड रुपियाँका केही विटामा गम्भीर त्रुटी फेला परेको हो।

धुलिखेलमा रहेका ४५ वटाभन्दा धेरै सरकारी कार्यालय, शिक्षा कार्यालयअन्तर्गत कार्यरत झण्डै ३ हजार शिक्षकको सबै खाता धुलिखेलको राष्ट्रिय बाणिज्य बैंकमा रहेको छ। बाणिज्य बैंकले रकम गनेर मात्र लैजानु भने पनि तत्कालै एक करोड रकम गन्न सम्भव छैन। थोरै रकम गनेर लैजाने गरेको भए पनि धेरै रकम भुक्तानी हुँदा सबैले बण्डलमात्रै गन्ने प्रत्येक नोट गन्न असम्भव छ।

मुख्य निर्वाचन कार्यालयमा भेटिएको हजारको एउटा बिटोमा ३ वटा पाँच सयका नोट फेला परेका छन् भने एउटा हजारको बिटोमा एउटा बढी फेला परेको थियो। एउटा बिटोबाट १५ सय घाटामा गएका कर्मचारी अर्काे बिटोमा थपिएको एक हजारबाट केही राहत भए पनि बैंकका लापरबाहीका कारण देखिएको समस्यालाई महत्त्व दिइएको छैन।

राष्ट्रिय बाणिज्य बैंकबाट उक्त रकम ल्याएकाले केही जानकारी नहुने बरु सेवाग्राहीले गनेर मात्रै लैजानुपर्ने प्रतिक्रिया दिएको छ। ‘स्टिकर नखोली जानकारी गराउनुपर्ने थियो,’ बैंकले भन्यो–‘हामी राष्ट्र बैंकमा उजुरी गथ्र्याै।’ तर उक्त बिटोमा कुनै स्टिकर नै टाँसिएको छैन।

बिना स्टिकरका बिटा बैंकलाई पठाउने गरेको राष्ट्र बैंकले पछिल्लो समय नक्कली पैसा समेत मिसाएको फेला परेको छ।

प्रतिक्रिया दिनुहोस्