उम्मेदवार को कति ?



पुरुष ३० हजार ५,
महिला १९ हजार ३ सय ३२
काठमाडौं, (नेस) बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनमा ४९ हजार ३ सय ३७ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्।

३ वटा प्रदेशको ३४ जिल्लाका २ सय ८३ स्थानीय तह निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई वैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि सो संख्या कायम भएको हो। त्यसमा पनि पुरुषको संख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३ सय ३२ कायम भएको छ। प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६० दशमलव ८२ प्रतिशत र महिला ३९ दशमलव १८४ प्रतिशत रहेका छन्।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष ९१ दशमलव ६५ प्रतिशत (१७२३) र महिला ८ दशमलव ३५ प्रतिशत (१५७), नगर उपप्रमुख तथा उपाध्यक्षमा पुरुष १८ दशमलव ५७ प्रतिशत (२५७), महिला ८१ दशमलव ४३ प्रतिशत (११२७) वडाध्यक्षमा पुरुष ९५ दशमलव ८३ प्रतिशत (१०२९६) महिला ४ दशमलव १७ प्रतिशत (४४८) जना रहेका छन्। यसै गरी, वडा सदस्य २ जनाका लागि पुरुष ९४.७१ प्रतिशत (१७७२९) महिला ५ दशमलव २९ प्रतिशत (९५१), महिला वडा सदस्य ९०८३, दलित महिला वडा सदस्यमा ७५२६ जनाको उम्मेदवारी कायम रहेको छ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन गराउँदा नगर प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्