घुस लिएको अभियोगमा नासु पक्राउ



इटहरी, २५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले आज कोसी अञ्चल यातायात व्यवस्था कार्यालयका नायब सुब्बा विनोद दाहाललाई सेवाग्राहीबाट रु आठ हजार घुस लिँदालिँदैको अभियोगमा नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीबाट घुस लिइरहेका बेला आयोगका ओम खनालको नेतृत्वमा पुगेको टोलीले उनलाई थलोबाटै पक्राउ गरेको अभियोग लगाइएको छ । घुस लिने बहानामा उनले तीन दिनदेखि सेवाग्राहीको काम रोकेको बताइएको छ । अभियुक्त दाहालमाथि आयोगको टोलीले सोधपुछ र अनुसन्धान गरिरहेको आयोगका पूर्वाञ्चल प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्