यस वर्ष रासायनिक मलको अभाव नहुने



दाङ, २५ वैशाख । दाङ जिल्लामा यस वर्ष धानखेतीका लागि रासायनिक मलको अभाव नहुने भएको छ ।

बर्खेखेतीका लागि आधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले यस वर्ष बर्खायाममा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्ला शाखाले जनाएका छन् ।

जिल्लामा किसानले मकै र धानखेतीका लागि अहिलेसम्म करिव तीन हजार टन रासायनिक मल किसानले सहकारीमार्फत लगेका छन् ।

सहकारी संस्थाले अहिलेसम्म युरिया र डिएपी गरेर बर्खेखेतीका लागि तीन हजार २७५ दशमलव ७ प्रतिशत मल लगेकामा कृषि सामग्री कम्पनी लिमिटेडबाट दुई हजार १२६ टन र साल्ट ट्रेडिङ कर्पोरेसनबाट एक हजार १४७ टन रासायनिक मल वितरण गरिएको जनाइएको छ ।

सहकारी संस्थाको मागअनुसार मकै र धानखेतीका लागि जिल्लामा कृषि सामग्री कम्पनीले एक हजार ३३४ दशमलव पाँचटन युरिया, ७६६ दशमलव सातटन डिएपी र २५ दशमलव पाँचटन पोटास वितरण गरेको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रमुख विष्णु केसीले जानकारी दिनुभयो ।

त्यस्तै ४४ दशमलव पाँचटन डिएपी, ७५ टन युरिया र ७७ टन पोटास मौज्दात रहेको उहाँले बताउनुभयो । साल्ट टे«डिङको शाखाले दाङसहित राप्तीका सल्यान, रोल्पालगायतका जिल्लामा ६३७ टन युरिया, ४७५ टन डिएपी र ३७ टन पोटास वितरण गरेको शाखा प्रमुख आनन्द न्यौपानेले बताउनुभयो ।

तुलसीपुर क्षेत्रमा पनि मल पर्याप्त रहेको र आजसम्म आउने कृषकले मल पाइराखेकाले यस वर्ष मलको त्यति अभाव नहुने कृषि सामग्री कम्पनीका शाखा प्रुमख तीर्थराज न्यौपानेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्