नारानको कीर्तिमानीमा कोलकाताको जित



अद्र्धशतक बनाएका सुनील नारानले सेमुल बद्रीको ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए।

नयाँ दिल्ली, (एजेन्सी)
सुनील नारानको कीर्तिमानी ब्याटिङको सहयोगमा कोलकाता नाइट राइडर्सले आईपीएलअन्तर्गत आइतबार जित हात पारेको छ।

बलर सुनीलले आईपीएलको इतिहासमै सबैभन्दा छिटो अद्र्धसतक प्रहार गरेका हुन्। उनले १७ बलमा ५४ रन जोडेर आउट हुन अघि ६ चौका र ४ चौका प्रहारसमेत गरे। त्यस्तै नाइट राइडर्सले पावरप्लेमा उच्चतम रन बनाउने कीर्तिमान राख्यो। कोलकाताका ओपनर सुनील र क्रिस लायनले ३६ बलमै १ सय ५ रन बनाएका थिए। यो टी–२० मा अहिलेसम्मकै कम ओभरमा छिटो सतक हो।

लक्ष्य १ सय ५९ रनको थियो र उनीहरूको सहयोगद्वारा कोलकाताले १५.१ ओभरमा चार विकेट गुमाएर ६ विकेटको सानदार जित हासिल गर्न सफल भएको थियो। टोलीको जितमा लायनले २२ बलमा ५० रन बनाएका थिए। जसमा ५ चौका र ४ छक्का सामेल थिए। त्यस्तै कोलीन डी ग्रान्डहोम ३१ रन बनाउँदा गौतम गम्भीर १४ रनमा आउट भएका थिए। रोयल च्यालेन्जर्सका पवन नेगीले २ विकेट लिएका थिए।

यसअघि रोयल च्यालेन्र्सका धुरन्धर ब्याट्सम्यान विराट कोहली, क्रिस गेल र एबी डि विलियर्सको दुई साताअघिको खेलमा न्यूनतम औसत थियो। यो हिजो पनि दोहोरियो। नाइट राइडर्सले नै दुवैपटक रोयल च्यालेन्जर्सको ब्याटिङ ध्वस्त बनायो। गेल उनको आईपीएलअन्तर्गत १ सयौं खेलमा गोल्डेन डकमा आउट भए। उमेश यादवले उनलाई पवेलियनको बाटो देखाएका थिए।

क्याच ड्रप भएर पनि विराट यादवकै बलमा एलबीडब्ल्यूबाट भने बच्न सकेनन्। कप्तान विराटले मात्र पाँच रनको योगदान दिए। त्यस्तै डी विलियर्स नारानको बलमा १० रनमा बोल्ड भएका थिए। यो सँगै उनको यस सिजनमा स्पिनरविरुद्ध १३.७५ औसत भएको छ। यी तीनजना आउट हुँदा टोली ३⁄३४ को स्थितिमा थियो। यसपछि मन्दीप सिंहले ५२ रन बनाए भने उत्कृष्ट ब्याटिङ प्रस्तुत गरेका ट्राभिस हेड ७५ रनमा नटआउट रहे। उनले ४७ बलमा ५ छक्का र तीन चौका प्रहार गरेका थिए। कोलकाताका यादव तीन विकेट लिएर सबैभन्दा सफल बलर बनेका थिए।

प्रतिक्रिया दिनुहोस्