शर्मिला र शोभालाई मिस र मिसेसको ताज



लमजुङ, (नेस)। लमजुङमा आयोजना गरिएको मिस एन्ड मिसेस–२०१७ को उपाधि क्रमशः शर्मिला विक र शोभा ठकुरीले चुमेका छन्। लमजुङमा पहिलोपटक गरिएको यो प्रतियोगिताको नतिजा शनिबार घोषणा गरिएको हो।

अमेजन इन्टरटेन्टमेन काठमाडौंद्वारा आयोजना गरिएको प्रतियोगिताको निर्णायकहरूमा अभिनेता सरोज खनाल, नायिक अशिस्मा नकर्मी, कोरियोग्राफर एवं मोडल कला सुब्बा, ब्युटिसियन नेपाल–२०१७ विजेता सुधा गुरुङ र कार्यक्रमकी संयोजक कमला अधिकारीको पाँच सदस्यीय टोली रहेको थियो।

मिसेस प्रतियोगितामा शोभा ठकुरी मस्ट पपुलर र बेस्ट ट्यालेन्टको उपाधिसमेत हासिल गरिन्। यसै गरी रेक्सोना श्रेष्ठ फस्ट रनर्सअपका साथमा मस्ट चार्मिङ र बेस्ट हेयर भइन् भने बबी श्रेष्ठ सेकेन्ड रनर्सअपका साथमा बेस्ट फोटोजेनिक भइन्।

शुरुमा मिस प्रतियोगिताका लागि १२ जना र मिसेस प्रतियोगिताका लागि १३ जनाले नाम लेखाएकोमा अन्तिममा दुवैतर्फको प्रतियोगितामा १०–१० जना रहेका थिए। आयोजकले सबै प्रतियोगितालाई पुरस्कृत गरेका थिए। त्यसरी अन्य उपधिसहित पुरस्कृत हुनेमा बेस्ट स्किनमा शर्मिला श्रेष्ठ, बेस्ट पर्सनालिटी गायत्री सुनार, बेस्ट क्वाटवाकमा रूपमाया तामाङ क्षत्री, बेस्ट इस्माइलमा विश्व श्रेष्ठ, बेस्ट डिसिप्लेनमा तुलसी अधिकारी र बेस्ट डे«सको उपाधि गायत्री सुनार तथा मस्ट एक्टिभको उपाधि रीता घलेले पाए। यसै गरी शर्मिला विकले बेस्ट ट्यालेन्टको समेत उपाधि पाइन् भने सविना राना मगर फस्ट रनर्सअप साथमा बेस्ट फोटोजेनिक, रेश्मा घिमिरे सेकेन्ड रनर्सअपका साथमा बेस्ट पर्सनालिटी भएकी छिन्।

प्रतियोगितामा टप फाइफमा पर्नेमा अपर्णा भुजेल र पूर्णिमा तामाङ थिए। उनीहरूले क्रमशः मस्ट चार्मिङ र मस्ट एक्टिभको उपाधि हासिल गरेका थिए। त्यस्तै, बबिता गुरुङ मस्ट पपुलर र बेस्ट क्वाटवाक, मनिशा श्रेष्ठ बेस्ट हेयर, चाँदनी लामा बेस्ट फेस, विपना अधिकारी मस्ट कन्फिडेन्ट, सविना राना बेस्ट फोटोजेनिक, रोजिना श्रेष्ठ बेस्ट डिसिप्लेन र बेस्ट डे«स भए। कोरियोग्राफर हिमानी सुब्बाले १५ दिनको प्रशिक्षण अवधिमा सहभागीले राम्रो प्रगति गरेको दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस्