बम बनाउने सामग्री सहित विप्लवका ४ कार्यकर्ता पक्राउ



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरी प्रहरीले बम बनाउने सामग्रीसहित विप्लवका ४ जना कार्यकर्तालाई वर्दिवासबाट आईतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लवका जनकपुर अञ्चल व्यूरो प्रमुख तथा केन्द्रिय सदस्य सन्देश पौडेल, धनुषाधाम नगरपालिका ५ का ५५ वर्षीय आदम राईन, वडा नं. ८ का ३६ वर्षीया तिलक भने पानकुमार लामा र ५१ वर्षीया मिथिला चौहान रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लमसालले बताए ।

ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माको नेतृत्वमा खटि गएको प्रहरी टोलीले बर्दिवास नगरपालिका ३ स्थित गौरीवासमा सेल्टर लिई बसेका उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुसंग टाइम बम बनाउने तार, दुई थान घडी, ६ थान डोटेनेटर, प्रेशर कुकर बम बनाउने वेल्डिंग वायर, सोल्डिंग वायर, पेस्ट, अलुमुनियम फस्पेट, बारुदको धुलो, तेजाव बरामद गरेको प्रहरी उपरिक्षक लमसालले बताए ।
उनीहरुसँग स्थानीय निकाय खारेज गर, स्थानिय निर्वाचन बहिष्कार गरौंको पर्चा २ सय थान, ल्यापटाप थान २, पार्टी सदस्यता रसिद, चन्दा रसिद, नेपाली काँग्रेस लेखिएको टि शर्टहरु र ६ थान मोवाईल महोत्तरीको ब्लु प्रिन्ट नक्सा बरामद गरिएको हो ।
पक्राउ परेका मध्ये सन्देश पौडेललाई आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाईएको छ भने ३ जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई थप अनुसन्धान भइरहेको लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्