जनप्रतिनिधिको कार्यकक्ष तयारी शुरु



नेपाल समाचारपत्र, हेटौंडा । १९ वर्षपछिको स्थानीय निर्वाचन करिब एक साता बा“की छ । वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह पहिलो चरणको निर्वाचनपछि आउने नया“ जनप्रतिनिधिलाई स्वागत गर्न हेटौंडा उपमहानगरपालिका कार्यालय व्यस्त देखिएको छ ।
उसले निर्वाचित भएर आउने नया“ प्रमुख र उपप्रमुखलगायतलाई एसीसहितको नया“ कार्यकक्ष बनाएर स्वागतको तयारी गरेको हो । हेटौंडा उपमहानगरपालिकाको साविक सूचना शाखा र प्रशासन शाखालाई मिलाएर उपमेयरको कार्यकक्ष तयार गरि“दैछ ।
निर्वाचनमा आफ्नो पक्षमा नतिजा हात पार्न उम्मेदवार क“स्सिएका छन् । मकवानपुरमा अत्यन्त आकर्षक मानिएको उपमहानगरको मेयर कसले जित्ला भन्ने चासो धेरैलाई छ । हालका सूचना अधिकारी शंकर उपाध्याय र प्रशासन प्रमुख जगन्नाथ सापकोटा बस्ने कार्यकक्षलाई जोडेर मेयरका लागि आकर्षक कार्यकक्ष तयार पारि“दैछ । उपमहानगर कर्मचारीहरु कार्यकक्ष तयार बनाउन लागिपरेका छन् । सबै कामको व्यवस्थापन जिन्सी शाखाले गरिरहेको छ ।
लामो समयदेखि मेयर नभएर कर्मचारीले सम्हालेको कार्यालय कुनै अन्य स्थिति सिर्जना नभए जेठदेखि जनप्रतिनिधिले चलाउनेछन् । उपमहानगर सूचना अधिकारी उपाध्यायले मेयर र उपमेयरका निम्ति कार्यकक्षको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यकक्षको अघिल्तिर स्वकीय सचिवालय रहनेछ भने त्यसपछि प्रमुख र उपप्रमुखको कार्यकक्ष रहने गरी व्यवस्था मिलाइएको छ । यसका लागि केही थप व्ययभार परे पनि नगरपालिकाले तयारी अन्तिम चरणमा पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्