यातना दिने प्रहरीमाथि कारवाही



नेपाल समाचारपत्र, बारा
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहदा स्थानीय व्यापारीलाई हिरासतमा राखेर यातना दिएको ठहर गर्दै जिल्ला अदालतले दुई प्रहरी अधिकृतलाई विभागिय कारवाही र पिडितलाई क्षेतिपुर्ति भराउने फैसला गरेको छ ।

अदालतका न्यायधिस रितेन्द्र थापाको इजलासले कलैया उपमहानगरपालिका १० स्थित जयमा“ दुर्गा ट्रेडर्सका संचालक वृजकिशोर साहलाई नियन्त्रणमा लिएर प्रहरी यातना दिएको ठहर गर्दै तत्कालिन समयमा जिल्लामा कार्यरत नायव उपरीक्षक विनोदकुमार शर्मा र शशीकुमार ठाकुरमाथि विभागिय कारवाही सहित ७५ हजार रुपैया क्षेतिपुर्ति भराउने आदेश दिएको हो । अदालतले मुद्दा दायर भएको करिव २ बर्षपछि यस्तो फैसला दिएको हो ।
प्रहरीले साहलाई हिरासतमा राखेकै बखत पिडित पक्षबाट बन्दी प्रत्यक्षिकरणको रिट दायर भएपछि जिल्ला प्रशासनले साहलाई ५ हजार रुपैया धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्