भक्तपुरमा भीषण आगलागी, पाँच घर जलेर नष्ट



पुष्कर बुढाथोकी,भक्तपुर ।

भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा भीषण आगलागी भएको छ । स्थानीय इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बली आगलागी सुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रबत्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले आगलागीबाट आठ घरपरिवार बस्दै आइरहेको पाँचवटा घर पूर्णरुपमा जलेर नष्ट भएको जानकारी दिनुभयो ।

उक्त घरमा दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकार, नारायण शिल्पकार,इन्द्र शिल्पकार, कृष्ण शिल्पकार, र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको थियो ।

बिहान सबैरै देखि खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, सेनाको टोली र ६ वटा दमकलको सहयोगले गर्दा करिब १२ बजेपछि मात्र आगो नियन्त्रणमा आयको हो ।

आगलागिबाट कुनै प्रकारको मानवीय क्षति नभए पनि घरभित्र भएका सबै सामाग्री जलेर नष्ट भएको छ ।
क्षतीको पुरै विवरण भने आउन बाकीँ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्