बालिकाले जितिन् दौड



काठमाडौं, (नेस)
महिला म्याराथन २०७४ अन्तर्गत भएको ५ किमि दौडको उपाधि बालिका केसीले जितेकी छन्। बालिकाले ४ सय ५० खेलाडीहरूलाई पछाडि पार्दै उक्त दूरी १६ मिनट ४९ दशमलव ०९ सेकेन्डमा पूरा गरेकी हुन्। उनले नगद २० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्।

दोस्रो स्थानमा रहेकी मीना घले बालिकाभन्दा ५ दशमलव ४७ सेकेन्डले पछि परिन्। उनले १६ मिनट ५४ दशमलव ५६ सेकेन्डमा दूरी पार गरिन्। तेस्रो स्थानमा रहेकी देवीकला गुरुङले १७ मिनट २८ दशमलव २१ सेकेन्डमा दूरी पूरा गरिन्। दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १५ र १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्