विमानघरमा बस्ने सौख



ओरेगन, (एजेन्सी)
अमेरिकाको ओरेगनस्थित एक निर्जन जंगलमा ब्रुस क्याम्पवेल नामक एक पूर्वएरलाइनरले बोइङ ७२७ विमानलाई निवासस्थानमा परिणत गरेका छन्। पेसाले एक सिर्जनशील इन्जिनियर उनले प्रयोगमा नल्याइने अवस्थामा थन्काइएको विमानको फ्युजलेज खरिद गरेर त्यसलाई परिमार्जित गरी घरको रूप दिएका छन्।

तीन वटा ठूला इन्जिनयुक्त कमर्सियल एयरलाइनरलाई ओरेगनको पार्टल्यँनड नजिकको वन–जंगलले ढाकिएको क्षेत्रमा कंक्रिट पिलरहरूमाथि ठड्याएर राखिएको छ। अझै रमाइलो कुरा केहो भने यसको आफ्नै
ड्राइभ वे छ।
उनी अझै सो विमानभित्र बाथरुम बनाउन र त्यसका केही ओरिजनल पार्टहरू जस्तै सिट र लाइटहरू हटाउने योजनामा रहेका छन्। क्याम्पवेल यस विमानमा वर्षको ६ महिना बस्ने गरेका छन्। बाँकी ६ महिना उनले जापानमा बिताउने गरेका छन्।

उनले जापानमा पनि यस्तै घर बनाउन प्रयोगमा नल्याइएको बोइङ ७४७ विमान किन्ने सोच बनाइरहेका छन्। ओरेगनको १० एकड जमिनमा यो विमान घर बनाउन उनले २३ हजार अमेरिकी डलर खर्च गरेका छन्।

तर, करिब २० वर्षको उमेर उक्त काम नलाग्ने विमान २ लाख २० हजार डलरमा खरिद गरेका थिए। शुरुमा उनले फ्रेइट भ्यानमा घर बनाउन खोजेका थिए। तर, कसैले यसरी विमानमा घर बनाएको खबर पाएपछि उनलै त्यसैको अनुशरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्