शिक्षकद्वारा निर्वाचन लक्षित राजीनामा



नेपाल समाचारपत्र
हेटौंडा
शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका शिक्षकहरूलाई पनि स्थानीय तहको चुनावले राजनीतिमा ल्याएको छ। चुनावी माहोलका बीच मकवानपुरका ९ जना स्थायी शिक्षक र २ जना अस्थायी शिक्षकले जिल्ला शिक्षा कार्यालयमा राजीनामा दिएका छन्। राजीमाना दिएकामध्ये अधिकांश शिक्षक स्थानीय तह चुनावमा उम्मेदवार भएका छन्।
जिल्ला शिक्षा कार्यालय मकवानपुरका अनुसार जिल्लामा कार्यरत स्थायी शिक्षकहरूमा वनदेवी आधारभूत विद्यालय सिस्नेरीका सुरज घिसिङ लामा, पञ्चकन्या आधारभूत विद्यालय डाँडाखर्कका शिक्षक छोटेलालप्रसाद कुर्मी, पञ्चकन्या माध्यमिक विद्यालय कुलेखानीका देवकृष्ण शर्मा पुडासैनी, पञ्चकन्या आधारभूत विद्यालय आग्राका रामशरण महासेठ, नवजागृति आधारभूत विद्यालय मनहरीका एकराज पुरी, कालिका मावि खैराङका मित्रनारायण श्रेष्ठ, जनप्रिय मावि हटियाका अरुणकुमार खतिवडा, बालजागृति युवा वर्ष आवासीय मावि हेटौंडाका अर्जुन चौलागार्इंले राजीनामा दिएका छन्।

अस्थायी शिक्षकहरू कंकाली आधारभूत विद्यालय बकैयाकी कमलाकुमारी वाइबा र कालिकादेवी अधारभूत विद्यालयका गोपालबहादुर न्यासुरले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जानकारी दिएको छ। राजीनामा दिएका शिक्षकमध्ये अधिकांश पेन्सन प्राप्त गरिसकेका छन्। देवकृष्ण शर्मा पुडासैनी, अरुणकुमार खतिवडा र अर्जुन चौलागार्इंको राजीनामा स्थानीय तह निर्वाचन लक्षित हो।

प्रतिक्रिया दिनुहोस्